नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने गरेको प्रस्तावलाई असफल पार्ने

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  • 22
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने गरेको प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले असफल पार्ने निर्णय गरेको छ।

हिजो बसेको काँग्रेस पदाधिकारीहरुको बैठकले विश्वासको मतको प्रस्तावलाई सफल हुन नदिने निर्णय गरिएको काँग्रेसका सहमहामन्त्री डा। प्रकाशसरण महतले जानकारी गराएका छन।

साथै हिजो बसेको बैठकमा बैठकको कार्यसूची नै तोकेर संसदको अधिवेशन आव्हान गरिएकोमा समेत काँग्रेसले आफ्नो असन्तुष्टि ब्यक्त गरेको छ।

बैठकको प्रयोजन नै तोकर अधिवेशन आव्हान गर्नु राम्रो नभएको , सोही कारण वैशाख २७ मा विश्वासको मत लिने प्रस्ताव लाई काँग्रेसले असफल पार्ने निर्णय लिएको छ।

साथै नेपाली काँग्रेसका सभापती शेर बहादुर देउबाले एेउटा प्रेस बक्तब्य जारी गर्दै संसदको बजेट अधिबेशन बोलाउन ढिलो भैरहेको अवस्थामा संसदलाई छ्लेर अध्यादेश मार्फत शासन चलाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक रहेको बताएका छन।


शेयर गर्नु होला
  • 22
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *