माल्दिभ्सका पूर्वराष्ट्रपति नाशिद बम हमलामा घाइते

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला
  • 32
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

एजेन्सि – माल्दिभ्सका भूतपूर्व राष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको एउटा सन्दिग्ध बम हमलामा घाइते भएका छन। उनी माल्दिभ्सको संसद्‌का बहालवाला सभामुख पनि हुन।

सत्ताधारी माल्दिभियन डेमोक्र्याटिक पार्टीका समर्थकहरूले बताएअनुसार उनी आफ्नो घरबाहिर रहेको कारमा सवार हुन लाग्दा बिहीवार उक्त विस्फोट भएको थियो। माल्दिभ्सको प्रहरीले जारी गरेको एउटा वक्तव्यमा भनिएको छः मोहम्मद नाशिदलाई विस्फोटनमा चोट लागेको छ र उनको हाल उपचार भैरहेको छ। प्रारम्भिक विवरणहरूका अनुसार उनको घरबाहिर पार्क गरेर राखिएको मोटरसाइकलमा विस्फोटक पदार्थहरू बाँधेर राखिएको र त्यसलाई विस्फोट गराइेको हुनसक्छ।

उनको उपचार भैरहेको अस्पतालले मोहम्मद नाशिदलाई धेरै ठाउँमा चोट लागेको जनाएको छ। तर उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ। उनका समर्थकहरू अस्पतालबाहिर भेला भएका छन्। त्यहाँको अवस्था तनावपूर्ण रहेको र स्थितिलाई हेरेर दङ्गा प्रहरी परिचालन गरिएको बताइेको छ।बिबीसीका अनुसार माल्दिभ्सका हालका राष्ट्रपति इबु सोलिहले एुटा ट्विटर सन्देश लेख्दै प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन थालेको जानकारी दिएका छन।


शेयर गर्नु होला
  • 32
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *