ओलीसँग कुनै सहमति भएकाे छैन, भ्रममा नपरौं : माधवकुमार नेपाल

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – एमाले वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको दाबी गरेका छन। शुक्रबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेपालले उनले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सदृढ र एकतावद्ध एमाले बनाउन चाहेको र त्यसका लगि वार्ता र लचता दुव अपनाउन तयार भएपनि हालसम्म कुनै सहमति नभएको दाबी गरेका हुन।

‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेको कथित बैठकहरु र त्यसले गरेका निर्णयहरु फिर्ता लिन पर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो’, उनले भनेका छन् । अहिले भैरहेको वार्ताबाट भ्रममा नपरी सशक्त पार्टी बनाउने अभियानमा जुट्न पनि नेता नेपालले कार्यकर्ता पंक्तिमा अपिल गरेका छन् ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *