स्वाब परीक्षणमा १४ सांसदसहित ६५ जनामा कोरोना संक्रमण

Breaking News समाचार
शेयर गर्नु होला
  • 20
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं – संसद भवनमा संकलन गरिएको स्वाब परीक्षणमा सांसदसहित ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बैशाख २२, २३ र २४ गते गरी १ हजार २३४ जनाको स्वाब संकलन गरिएकोमा ६१३ जनाको रिपोर्ट आउदा १४ जना सांसदसहित संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मी गरी ६५ जनामा संक्रमण पुष्टि भएको संसद सचिवालयका एक अधिकारीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान भएपछि वैशाख २२,२३ र २४ गते संसद भवन नयाँ वानेश्वरमा स्वाब संकलन गरिएको थियो ।स्वाब दिएकामध्ये कतिपयको भने रिपोर्ट आउने बाँकी रहेको संसद सचिवालयका एक अधिकारीले बताए ।


शेयर गर्नु होला
  • 20
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *