सबैको आशा कोरोनाको खोप माथी रहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल थप कोभिशिल्ड खोप ल्याउने अवस्था नरहेको बतायो [विज्ञप्ति]

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ — देशमा कोरोनाको कहर तिब्र रुपमा फैलिदै गरेको अवस्थामा सबैको आशा कोरोनाको खोप माथी रहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल थप कोभिशिल्ड खोप ल्याउने अवस्था नरहेको भनेको छ ।

आज मन्त्रालयका प्रवक्ता डा।जगेश्वर गौतमले एक विज्ञप्ति जारी गर्दै सेरम इन्स्ट्युटिच्युट इन्डियामा आगलागी र क्षमता विस्तारमा अवरोध भइरहेकोले तत्काल थप खोप दिन नसक्ने बताएको जानकारी गराएका हुन् ।

साथै प्रवक्ताले क्षमता विस्तार हुनेबित्तिकै आपूर्ति गर्ने पनी जानकारी दिएको छ । यसका साथै अन्य कम्पनीका खोपहरुले औषधि व्यवस्था विभागबाट स्वीकृति पारेको र पाउने क्रममा रहेको भन्दै प्रवक्ता डा।गौतमले नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कूटनैतिक तथा अन्य माध्यमबाट समेत प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *