भारतमा कोरोना कहर जारी – लगातार चौथो दिन चार लाख बढी सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – भारतमा लगातार चौथो दिन चार लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार लाख तीन हजार ७३८ जना सङ्क्रमित थपिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

थपिएका सङ्क्रमितसँगै भारतमा हालसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुने दुई करोड २२ लाख ९६ हजार ४१४ पुगेको छ । शनिबार एकैदिन तीन लाख ८६ हजार ४४४ जना कोरोनामुक्त भएका छन् । हालसम्म एक करोड ८३ लाख १७ हजार ४०४ जना कोरोनामुक्त भएका हुन। भारतमा हाल ३७ लाख ३६ हजार ६४८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा चार हजार ९२ जना सङ्क्रमितको मृत्यु भएको छ । चार हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको यो लगातार दोस्रो दिन हो । भारतमा हालसम्म कोरोना सङ्क्रमणबाट दुई लाख ४२ हजार ३६२ जनाले ज्यान गुमाएका छन् । शनिबार मात्रै १८ लाख ६५ हजार ४२८ जनाको परीक्षण गरिएको छ । हालसम्म १६ करोड ९४ लाख ३९ हजार ६६३ जनाले खोप लगाएका छन।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *