आज ८ हजार ८५० जनामा कोरोना संक्रमण, ८८ जना मृतक थपिए

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख ९४ हजार ६६७ पुगेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ जना थपिएका छन । आइतबार ५२ जनाको मृत्यु भएपनि विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएको र सरकारी तथ्यांकमा समावेश नभएका २६ जना रहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *