गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन ।

उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।पौडेलविरुद्ध विपक्षी काँग्रेस, माओवादी केन्द्र र जनमोर्चाले अविश्वास प्रस्ताव ल्याएका थिए।

अविश्वासको प्रस्तवमाथि छलफल हुनुअघि नै गुरुङले राजीनामा दिएपछि विपक्षीहरुले प्रस्ताव गरेका नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। लुम्बिनीका शंकर पोखरेलपछि राजीनामा दिने गुरुङ दोस्रो मुख्यमन्त्री हुन्।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *