जसपाको उधाहरणिय प्रजातान्त्रिक अभ्याष, आफ्ना सांसदहरुलाई ह्विप जारी नगर्ने, मतदानको अधिकार सांसदहरुलाई नै दिने

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ — जनता समाजवादी पार्टीको हिजो बसेको शीर्ष ६ नेताहरुको बैठकले एेतिहाशिक निर्णय गरेको छ जस अन्तर्गत पार्टीले ह्विप जारी नगर्ने, पक्ष वा विपक्षमा मतदानको अधिकार सांसदहरुलाई नै दिने भएको छ।

जनता समाजवादी पार्टी भित्र प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतलाई लिएर दुई फरक फरक मत बन्न गए पस्चात हिजो बसेको जसपाको बैठके आफ्ना सांसदहरुलाई आफ्नो स्वबिबेक प्रयोग गर्ने छुट दिने निर्णय गरेको छ।

राजनितिक बिशलेषकहरुका अनुशार जसपाको उक्त निर्णयलाई निकै नै प्रजातान्त्रिक मानिएको छ भने अर्को तिर उक्त निर्णयले जसपा विभाजन हुनबाट रोकिएको पनी छ। साथै जसपाको उक्त निर्णयले नेपालका अन्य राजनितिक दलहरुलाई एेउटा पाठ सिकाउदै उधाहारण को रुपमा प्रस्तुत गरेको छ।

जस्पामा हाल दुई मत रहेको छ जस्मा महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पक्ष विपक्षमा मतदान नगरेर तटस्थ बस्ने भएका छन भने पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने भएका छन् ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *