भिष्ण कोरोना माहामारी बिच जन्ता श्वास फेर्न नपाई मरीरहेको बेला मध्यावधि निर्वाचनको घोषणा

Breaking News विचार/ब्लग समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ – बर्तमान समयमा देशमा कोरोना माहामारी बिच , हाल सम्मको अवस्थामा ५००० भन्दा अधिक जन्ताले ज्यान गुमाई सकेको बेला, जन्ता श्वास फेर्न नपाई मरीरहेको बेला मध्यावधि निर्वाचनको घोषणा भएको छ।

मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे संगै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणका निर्वचनको घोषणा गर्नु भएको छ ।

हालको अवस्थामा देश भरी अस्पताल को अभाब को साथै अक्सिजनको पनी निकै कमी हुदै गएको कारणले हजारौ नेपाली जन्ताहरुले मृत्‍युबरण गरीसकेका छन। विश्वका धेरै जसो देशहरु कोरोना बिरुद्धको खोपलाई प्रथम प्राथमिक्ता दियिरहेको बेला नेपालमा निर्वाचनको घोषणाले नया तरंग ल्याएको छ।

कोरोना माहामारीले देश र जन्तालाई ग्रसित बनाई सबै आर्थिक र सामाजिक स्थिती ठप्प भएको बेला देशमा चुनाब गर्नु कती सान्धर्भिक छ भन्ने कुरा उबजिएको छ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *