उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादित अभिव्यक्ति कुनै पनी देशभक्त नेपालीलाई स्वीकार्य नहुने भन्दै स्पष्ट पार्न प्रधानमन्त्री केपी ओली समक्ष एमालेका १५ जना स्थायी कमिटीका सदस्यहरुको माग [विज्ञप्ति]

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ — उपप्रधानमन्त्री राजेन्द्र महतो द्वारा दियिएको विवादित अभिव्यक्तिलाई लिएर सर्बत्र बिरोध, टिका टिप्पणी भयीरहेको परिपेक्षमा एमालेका १५ जना स्थायी कमिटीका सदस्यहरुले पनी प्रधानमन्त्री समक्ष उक्त अभिव्यक्तिबारे प्रष्ट पार्न माग राखेका छन।

हिजो बेलुका एक संयुक्त विज्ञप्ति जारी गर्दै एमालेका १५ जना स्थायी कमिटीका सदस्यहरुले उपप्रधानमन्त्री राजेन्द्र महतो द्वारा दियिएको विवादित अभिव्यक्ति कुनै पनी देशभक्त नेपालीलाई स्वीकार्य नहुने भन्दै उक्त अभिव्यक्तिको बारेमा स्पष्ट पार्न प्रधानमन्त्री केपी ओली समक्ष माग राखेका छन।

जारी गरिएको विज्ञप्तिमा लेखिएको छ;

“प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानसाथ विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डताविरोधी अभिव्यक्ति दिनु निन्दनीय छ ’ विज्ञप्तिमा छ, ‘यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्धमा छ । यो कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन । उपप्रधानमन्त्रीको संविधानविरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौं ।’


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *