लोपोन्मुख राउटे युवतीलाई होटलमा लगेर यौन दुर्व्यवहार, तीन जना पक्राउ

समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

सुर्खेत – राउटे समुदायका युवतीलाई होटलमा लगेर यौनजन्य दुर्व्यवहारर गर्ने तीन जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । उनीहरुले राउटे समुदायका दुई जना युवतीलाई होटलमा लिएर उनीहरुलाई मदिरा सेवन गराएर दुर्व्यवहार गरेको मिडियो सामाजिक सँजालमा भाइरल भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

केही युवकले लोपोन्मुख राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गरेका हुन । होटेलमा लिएर दुईजना राउटे युवतीलाई मदिरा खुवाई युवकहरुले दुर्व्यवहार गरेको भिडियोसमेत सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले उपलब्ध भिडियो र सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका वाड नं ९ का होटल संचालक २९ वर्षीय मिलन पुन, सोही ठाउँका २४ वर्षीय भुपेन्द्र बुढामगर र ३५ वर्षीय चमन घर्तीमगर छन् । घटनाको विषयमा अनुसन्धान भैरहेको डिएसपी घर्तीले जानकारी दिए ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *