थप ९९ जनाको मृत्यु , ३,४७९ कोरोनाभाइरस सङ्क्रमित पुष्टि

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ६,६३६ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभरि झण्डै ९० हजार जनामा सक्रिय सङ्क्रमण छ।

अहिले काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ।काठमाण्डूमा ७३१, ललितपुरमा २५४ र भक्तपुरमा १४६ गरी कुल ११३१ जना सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *