नेपालीको जीवन रक्षा पहिलो प्राथमिकतामा – स्वास्थ्य मन्त्री तामाङ

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा आम नागरिकलाई नि:शुल्क स्वास्थ्य उपचार दिने लक्षका साथ सरकारले ३९६ वटा अस्पताल तत्काललै निर्माण शुरु गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्नुहुदै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले असार भित्र सबै अस्पतालको टेन्डर प्रकृया अघि बढाएर आउने वर्षभित्र अस्पताल निर्माण प्रकृया शुरु गर्ने बताए ।

नागरिकलाई बचाउने कुरा सबैभन्दा ठूलो भएकाले अकालमै कोही नेपालीको ज्यान जान नदिने गरी सबै नेपालीको जीवन रक्षा पहिलो प्राथमिकतामा राखेर काम अघि बडाएको समेत मन्त्री तामाङले बताए । बीर अस्पताललाई कोभिड नियन्त्रणको केन्द्रीय अस्पतालको रुपमा विस्तार गरी सकेको र ७ वटै प्रदेशमा कोभिड नियन्त्रण अस्पताल विस्तार गर्ने तयारीमा मन्त्रालय अघि बढेको जानकारी दिए

। कोरोना भाइरस परीक्षणको दायरा बढाएको र आवस्यक सामाग्री पुग्ने गरी भएकाले क्षमताले भ्याएसम्म संक्रमण रोक्ने प्रतिवद्धताका मन्त्रीले गरे ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *