पछिल्लो २४ घण्टामा ९२ को मृत्यु, ४४७२ जनामा कोरोना संक्रमण पुष्टि

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै नेपालमा कोरोना कुल सङ्क्रमित पाँच लाख ९१ हजार ४९४ जना पुगेको जनाएको छ । हाल नेपालमा ८५ हजार ५४४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ९५१ जना सङ्क्रमित निको भएका छन।

हालसम्म नेपालमा चार लाख ९७ हजार ९६० जना कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८४.२ प्रतिशत पुगेको छ । पछिल्लो चौबीस घण्टामा ९२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने सात हजार ९९० पुगेको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *