सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिंदै

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिंदैछन । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार मंगलबार बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने छन् ।मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन अैतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेशले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ। प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई सो निर्देशन सहितको पत्र पठाएका छन्। तर माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरू अहिलेसम्म समर्थन कायम राख्नुपर्छ भन्ने अडानमा छन्। ओली पक्षका सांसदहरू भने केन्द्रको निर्देशन मानेर समर्थन फिर्ता लिनुपर्ने बताउँछन।

विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ । प्रदेशसभामा एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना र ओली पक्षका ६ जना छन् । अहिले त्यो संख्या तल–माथि भएको बताइेको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *