सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन ।नेकपा एमालेको माधव नेपाल समुहले मत दिएपछि मुख्यमन्त्री पद जोगिएको छ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेकामा ३० सांसदले पक्षमा मत दिए । प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिएका छन ।एमाले ओली पक्षका सांसदहरु पठानसिंह बाेहरा, नेपालु चाैधरी, लिलाधर भट्ट, माया तामाङ, ग्याल्बु बाेहरा, रतन थापा, बलदेव रेग्मीले विपक्षमा मतदान गरे ।

मुख्यमन्त्रीको विपक्षमा ९ मत परेको छ भने कांग्रेस तटस्थ बसेको छ । यसाघि मत नपुग्ने अवस्थामा कांग्रेसले पनि सहयोग गर्ने निर्णय गरेको थियो तर मत पुग्ने भएपछि टतस्थ बसेको हो।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *