पदमुक्त भएका कर्णाली प्रदेशका एमालेका चारजना सांसदहरुलाई पदबहाली गर्न र कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – पदमुक्त भएका कर्णाली प्रदेशका एमालेका चारजना सांसदहरुलाई पदबहाली गर्न र कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

प्रदेश सभाबाट निष्कासित सदस्यहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई सदस्यकै हैसियतमा यथावत काम गर्न दिन पनि आदेशमा भनेको छ ।

उनीहरुले आफूहरुमाथिको कारवाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए। सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले यस्तो आदेश दिएको हो।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *