गण्डकी प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आह्वान

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन ।

संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।

विज्ञप्तिमा लेखिएको छ ‘‘नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम जेठ २९ मा माननीय प्रदेश प्रमुखज्यूबाट मुख्यमन्धीको पदमा नियुक्त हुनुभएका माननीय पृथ्वीसुब्ब गुरुङले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेको भनी प्रदेश सभाको जेठ २८ गतेको पत्रबाट जानकारी हुन आएकोले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनको लागि जेठ २९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको प्रदेश सभाका सदस्यहरुलाई आह्वान गर्नुभएको छ,’ ।

त्यस्तै अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजु्दा मन्त्रिपरिषद्ले कार्य गर्ने गरी संविधानको धारा १६९ को उपधारा (३) बमोजिम तोक्नुभएको व्यहोरा सम्बन्धित सबैमा यसै विज्ञप्तिमार्फत जानकारी गराइेको समेत विज्ञप्तिमा लेखिएको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *