कोरोना अपडेट – थप २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ४६ को मृत्यु

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा ४६ जना सङ्क्रतिको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा मृत्यु हुनेको संख्या आठ हजार ४१२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै नेपालमा हाल ६८ हजार ९५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ९९४ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या पाँच लाख ३१ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *