उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप , हार्डवेयर, पुस्तक पसल खोल्न पाइने

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइेको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।

कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

यसैगरी बैठकले हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी सञ्चालन गर्न दिने निर्णय भएको छ भने किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्दै आएकोमा बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।

यसैगरी तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ११ सम्म मात्र खोल्न दीएको छ ।अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । उपत्यकामा १६ वैशाखदेखि लगाइेको निषेधाज्ञा हालसम्म जारी छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *