जसपा अध्यक्ष यादवद्वारा ओली सरकारमा सहभागी मन्त्रीहरुसँग स्पष्टीकरण माग

राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी मन्त्रीहरुसँग स्पष्टीकरण सोधेका छन । जेठ ८ गतेको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । उक्त निर्णय नमानि प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई स्पष्टीकरण सोधिएको हो।

यादवले ओली सरकारमा सहभागी भएका जसपाका नेता राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव र राज्यमन्त्री बनेका चन्द्रकान्त चौधरी र रेणुका गुरुङलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधिएको हो साथै उहाँहरुलाई सात दिनको म्याद दीएको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *