“प्रतिक्रान्तिकारीहरू सत्तामा, क्रान्तिकारीहरू सडकमा!, दलालहरू हिरो ,देशभक्तहरू भिलियन! सावधान:अर्को पुस्ता लड्न नपरोस्!” – पुर्ब प्रधान्मन्त्री बाबुराम भट्टराई

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – देशमा राजनितिक उथलपुथल बढदै गयीरहेको अवस्थामा पुर्ब प्रधान्मन्त्री बाबुराम भट्टराईले प्रतिक्रान्तिकारीहरू सत्तामा रहेको, क्रान्तिकारीहरू सडकमा उत्रेको, दलालहरू हिरो भएको र देशभक्तहरू भिलियन भए भन्दै आफ्नो धारण ब्यक्त गरेका छन।

केही समय यता सरकारमा मन्त्रिहरुको फेरबदल र राजनिती ले कुनै निकास नपाएको परिपेक्षमा बर्तमान सरकारलाई लक्षित गर्दै पुर्ब प्रधान्मन्त्री बाबुराम भट्टराईले आफ्नो धारण ब्यक्त गर्नु भएको छ।

अाफ्नो ट्विटरमा पुर्ब प्रधान्मन्त्री भट्टराई लेख्छन, “आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध / जनआन्दोलन / मधेसविद्रोहको बलमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनुनै हो।तर विडम्बना:प्रतिक्रान्तिकारीहरू सत्तामा; क्रान्तिकारीहरू सडकमा! दलालहरू हिरो;देशभक्तहरू भिलियन!
सावधान:अर्को पुस्ता लड्न नपरोस्!”


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *