एमाले सुदूरपश्चिम संसदीय दलले अध्यक्ष ओली पक्षका ७ जना प्रदेश सभा सदस्यलाई निलम्बन गर्ने निर्णय गर्यो

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी – नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई विश्वासको मत नदिएको कारण बताउदै नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभाको संसदीय दल द्वारा सात जना प्रदेश सभा सदस्यलाई निलम्बन गरिएको जानकारी रहेको छ ।

हिजो सोमबार बसेको नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको बैठकमा नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली पक्षका सात जना प्रदेश सभा सदस्यलाई सात देखि १५ दिनसम्म निलम्बन गर्ने निर्णय गरिएको थियो।

निलम्बन गरिएका प्रदेश सभा सदस्यहरुमा पठानसिंह बोहरा र रतन थापालाई १५ दिन, बलदेव रेग्मी र लिलाधर भट्टलाई १० दिन र नेपालू चौधरी, ग्याल्बुसिंह बोहरा र माया तामाङ बोहरालाई सात दिन निलम्बन गरिएको छ ।

निलम्बनको निर्णयमा परेका सांसदहरुले भने दलको विधान नै वैधानिक नभएकाले त्यसको कुनै औचित्य नभएको बताएका छन् । ‘संसदीय दलको विधान केन्द्रिय कमिटिबाट अनुमोदन हुनुपर्ने नियम छ, त्यो भएको छैन्,’ सांसद बोहराले भने, ‘हामीले पार्टी निर्देशन मान्य हो । पार्टीले विपक्षमा मतदान गर्न निर्देशन गरेको हो ।’ दलको बैठकमा निलम्बन गरिएका सांसदहरु पनि उपस्थित थिए ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *