माओवादी नेता दीपक पाण्डेको हत्याकाण्डमा उनकै श्रीमती महिमा पाण्डे संलग्न रहेको पुष्टि

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

कपिलवस्तु – कपिलवस्तुमा माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भयो। र उपचारकै क्रममा उनको मृत्यु पनि भयो। प्रहरीले यो घटनाको अनुसन्धान गर्दै जाँदा यो हत्याकाण्डमा उनकै श्रीमती महिमा पाण्डे संलग्न रहेको पुष्टि गरेको छ।

कपिलवस्तु प्रहरीको २५ दिन लामो अनुसन्धानबाट उनकै श्रीमती महिमा पाण्डेसहितको योजनामा क्रसर व्यवसायी पाण्डेको गोली हानी हत्या भएको खुलेको हो। पाण्डेयको हत्याको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा टोली खटाएको थियो ।

पाण्डेयको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पत्नी महिमा, ओमप्रकाश यादव, रमजान साह मुसलमान, साकिर अलि पखिया रहेका छन् । प्रहरीले महिमा र ओम प्रकाशलाई मुख्य योजनाकार भनेको छ भने रमजान र साकिरले पाण्डेयलाई गोली हानेको उल्लेख गरेको छ


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *