कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

सुर्खेत – कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । मंगलबार बसेको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिएपछि नीति कार्यक्रम पारित भएको हो । सर्वोच्च अदालतले पुनर्बहाली गरेका एमालेका तीन प्रदेशसभा सदस्य, जो मन्त्री पनि छन्, उनीहरु नीति तथा कार्यक्रमको पक्षमा उभिएका छन ।

सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारित सम्वन्धमा सभामा निणायार्थ प्रस्तुत गरेको कार्यक्रम बहुमतले पारित गरेको बताए । गत शनिवार प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिदैं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकासका लागि सत्ता पक्ष र प्रतिपक्ष एक हुन आव्हान गरे ।

मुख्यमन्त्री शाहीले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताए। उनले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा केन्द्रीय कार्यक्रमहरु नीति तथा कार्यक्रममा ल्याइेको, कर्णालीमा लगानी भित्र्याउने नीति ल्याएको, नमूना सहरको अध्ययन्, एकीकृत सडक संजाल, एकीकृत बस्ती विकासलगायतका प्रदेशको दीर्घकालीन विकासका कार्यक्रमहरु ल्याएको दावी गरे ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *