पूर्व प्रम खनाललाई दिल्लीकाे एपाेलाे अस्पताल लग्ने तयारी

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ – पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेपछि थप उपचारका लागि आज बुधबार भारतको राजधानी नयाँ दिल्ली लग्ने तयारी गरिएको छ ।

नेकपा एमाले युवा नेता निरज आचार्यकाअनुसार थप उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल लग्ने तयारी भएको हो। हेमोग्लोविनको कमी, श्वास प्रश्वासमा समस्या भएपछि जेठ ३१ गते सोमबार उनलाई थापाथलिस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार हुन नसकेपछि उपचारमा संलग्न चिकित्सकको सुझावानुसार थप उपचारका लागि भारतको दिल्ली लग्ने तयारी भएको नेता अचार्यले बताए । उनलाई आज १२ बजेतिर जहाजमार्फत दिल्ली लगिने उनले जानकारी दिए ।

नेता आचार्यकाअनुसार खनालसँग एकजना चिकित्सक, श्रीमती र छोरा दिल्ली जाने तयारी भएकोछ । श्वास प्रश्वासमा समस्या भएपछि अक्सिनको सहयोगमा उपचार भैरहेको छ । यस अघि पनि नेता खनाल उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल गएका थिए।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *