तामाकोशी नदीमा बाढी आउन सक्ने भन्दै सतर्क रहन दोलखा जिल्ला प्रशासन कार्यालयको अपील [सुचना]

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – हिजो राती दोलखा जिल्ला प्रशासन कार्यालयले एेउटा सुचना जारि गर्दै तामाकोशी नदीमा बाढी आउन सक्ने भन्दै सतर्क रहन अपील गरेको छ।

जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालयले नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिङग्री काउन्टीको रोङ्जिया सहरमा पहिरोका कारण नदीको प्रवाह रोकिएको जानकारी गराएको छ। रोङ्जिया सहर र आसपासमा भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले तामाकोसी नदीमा जुनसुकै बेला पानीको मात्रा बढेर बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *