उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा हालको निषेधाज्ञा ७ देखि १० दिनसम्म थप्ने विषयलाई लिएर छलफल

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले हालको निषेधाज्ञा ७ देखि १० दिनसम्म थप्ने विषयलाई लिएर छलफल गरेको जानकारी रहेको छ ।

प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा हालको निषेधाज्ञा थप गरी पेशा, व्यावसाय चलाउन दिने विषयमा पनी छलफल भएको थियो।

थप निषेधाज्ञामा फेन्सी,भाडा लगायत भीडभाड् नहुँने व्यवसाय चलाउन दिने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिएका छन। साथै निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउन दिने विषयमा पनि छलफल भएको थियो । सार्वजनिक सवारी साधन भने अवको थप निषेधाज्ञामा चल्न पाउने छैनन् । उक्तको निर्णय भोली बस्ने बैठकमा हुने जानकारी रहेको छ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *