सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ चौरमा गएको पहिरोका कारण मेलम्चीमा बाढी आएकाे भनाई हेलम्बु गाउँपालिकाको, पहिरो अझै जान सक्ने भन्दै सजग रहन आग्रह [सुचना]

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

हेलम्बु – हेलम्बु गाउँपालिकाले सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ चौरमा गएको पहिरो अझै जान सक्ने भन्दै सजग रहन सबैलाइ आग्रह गरेकाे छ । उक्त चौरको हाल २५ प्रतिशत मात्र पहिरो गएको र बाँकी ७५ प्रतिशत मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हालसम्म एकिन नभएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

पालिकाले आज एक सूचना जारी गर्दै हेलम्बु गाउँपालिका वडा न १ मा रहेको सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ चौरमा गएको पहिरोका कारण मेलम्चीमा बाढी आएकाे बताएइको छ । साथै अझै बाढी आउन सक्ने भन्दै त्यस क्षेत्रमा बसोवास गर्ने सवैलाई उच्च सावधानी अपनाउन समेत अनुरोध गरिएको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *