उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूह द्वारा किर्ते कागजको भरमा निर्वाचन आयोगमा निवेदन दिएको दावी [विज्ञप्ति]

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहले किर्ते कागजको भरमा निर्वाचन आयोगमा निवेदन दिएको दावी गरेको छ।

महन्थ ठाकुरले यादव पक्षीय कार्यकारिणी समितिका सदस्यहरुलाई हटाएर आफू निकटलाई मनोनित गर्दै निर्वाचन आयोगमा विवरण अध्यावधिकका लागि निवेदन दिएका छन्। गत पुस ७ गतेको कार्यकारिणी समितिले पत्राचार र कार्यकारिणी समिति सदस्य मनोनित गर्ने अधिकार महन्थ ठाकुरलाई दिएको भन्दै सो मनोनयन गरिएको दावी छ।

सोही सन्धर्भमा जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले हिजो एक विज्ञप्ति जारी गर्दै पुस ७ मा ठाकुरलाई त्यस्तो अधिकार दिने कुनै निर्णय नभएको र ठाकुर समूहले किर्ते काम गरेको आरोप लगाएका छन्। उनले ठाकुर समूहले किर्ते जालसाजी काम गरेको भन्दै त्यसको भत्र्सनासमेत गरेका छन्।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *