भेरी अस्पतालमा चिकित्सक र नर्समाथि हाथपाथ र कुटपिट गर्ने आरोपीहरु धरौटीमा रिहा

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

कोहलपुर – केही साता अघी नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सक र नर्समाथि हाथपाथ र कुटपिट गरेको मुद्दामा पक्राउ परेका तीनजना आरोपीहरु अहिले धरौटीमा रिहा भएको जानकारी रहेको छ।

कुटपिट मुद्दाका आरोपी दाङका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हिजो धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेले गराएको जानकारी अनुशार कुटपिट मुद्दाका आरोपीहरु लाई जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदलतले आदेश दिएको छ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *