“ज्वाला संग्रौलाले गल्ती गरेकी रहिछन् र सो प्रमाणित भयो भने कडा भन्दा कडा सजाय दिइयोस् तर बिगतमा विभिन्न बेथितिका विरुद्ध बोलेको रिस पनि यहि मौकामा फेर्न,मुद्दा माथी मुद्दा चलाउने दाउ चाहिँ नगरियोस है”- पत्रकार रबी लामीछने

समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमांडौ – अभद्र व्यवहार र कुटपिटमा जाहेरी पस्चात सामाजिक अभियन्ता ज्वाला संग्रौला सहित अन्य केही ब्यक्तीहरुलाई प्रहरी द्वारा पक्राउ गरिएको संधर्भमा पत्रकार रबी लामीछनेले पनी सामाजिक संजालमा आफ्नो धारणा ब्यक्त गरेका छन।

आफ्नो सामाजिक संजाल फेसबुकमा एेउटा पोष्ट गर्दै पत्रकार लामिछनेले आफुले ज्वाला संग्रौला सहित अन्य केही ब्यक्तीहरु माथि अभद्र व्यवहार र कुटपिटमा जाहेरी परेको थाहा पाए पछि थप जानकारी लिन टेकु पुगेको र तर उनीहरु संग भेट हुन नपाएको भन्दै यदी उनले गल्ती गरेकी रहिछन् र सो प्रमाणित भयो भने कडा भन्दा कडा सजाय दिइयोस् भनेका छन र साथै बिगतमा विभिन्न बेथितिका विरुद्ध बोलेको रिस पनि यहि मौकामा फेर्न,मुद्दा माथी मुद्दा चलाउने दाउ चाहिँ नरचियोस् भन्दै आफ्नो धारण ब्यक्त गरेका छन।

साथै दुबै पक्षले न्यायको समान अवसर पाउनेछन भन्ने आफु दृढ़ रहेको बताएका छन।

आफ्नो पोष्ट मा पत्रकार लामिछने लेख्दछन;”ज्वाला संग्रौला सहित अन्य केही ब्यक्तीहरु माथि अभद्र व्यवहार र कुटपिटमा जाहेरी परेको थाहा पाए पछि थप जानकारी लिन टेकु पुगेको थिएं,कार्यक्रम सकेर जादा अलि ढिला भएकाले भेट्न दिइएन र थप बुझ्न पाइएन।जाहेरीमा उल्लेख भए बमोजिम उनले गल्ती गरेकी रहिछन् र सो प्रमाणित भयो भने कडा भन्दा कडा सजाय दिइयोस्।तर बिगतमा विभिन्न बेथितिका विरुद्ध बोलेको रिस पनि यहि मौकामा फेर्न,मुद्दा माथी मुद्दा चलाउने दाउ चाहिँ नरचियोस् है।न्यायको समान अवसर दुबै पक्षलाई मिल्ने नै छ भन्नेमा दृढ़ छु।”


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *