नेपालमा कोरोनाको नया भेरिअन्टको पुष्टि – अझै सजग हुन आवश्यक

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमान्डौ  – नेपालमा सङ्कलन गरी आनुवंशिक संरचनाको अध्ययन गर्न पठाइेका कोरोनाभाइरसका ४८ वटा नमुनामध्ये ४७ वटामा डेल्टा भेरिअन्ट भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

भारतमा सुरुमा देखा परेको उक्त भेटिअन्टका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन भएको पाइेको मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उक्त उत्परिवर्तन नेपालसहित १० वटा देशमा पुष्टि भएको र त्यसलाई K417N  नाम दीएको छ। स्वरूप परिवर्तन भएर बनेको नयाँ प्रकारलाई एवाई.१ (AY.1) नाम दीएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा “भेरिअन्ट अफ कन्सर्न”का रूपमा अल्फा (B.१.१.७) र डेल्टा (B.१.६१७.२) भेरिअन्ट तथा भेटिअन्ट अफ इन्ट्रेस्टका रूपमा कापा भेरिअन्ट (B.१.६१७.१) पुष्टि भएको छ। यी तीनैवटा भेरिअन्टहरू उच्च सङ्क्रामक र सबै उमेर समूहमा प्रभाव पार्ने देखिएको मन्त्रालयले जनाएको छ।

जनस्वास्थ्यसम्बन्धी उल्लेख्य समस्या सिर्जना गराउने कोरोनाभाइरसको प्रकारलाई ‘भेरिअन्ट अफ कन्सर्न’ भनिने एवं अन्य प्रकारभन्दा फरक देखिँदा त्यसबारे थप चासोका रूपमा हेर्नुपर्ने भाइरसलाई ‘भेरिअन्ट अफ इन्ट्रेस्ट” का रूपमा बुझ्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *