उपत्यकामा बढ्यो चहलपहल

समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र व्यवस्थापनका लागि जारी दुुई महिना लामो निषेधाज्ञा मङ्गलबारदेखि थप खुकुुलो पारिएसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेकोे छ ।

काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै चहलपहल बढेको हो ।

काठमाडौँ उपत्यकाका खाद्य तथा किराना पसल पूर्ण रूपमा सञ्चालनमा आएका छन् । मुख्य बजार क्षेत्र बिहान ११ बजेदेखि खुला गरिएको छ । बजार तथा पसलमा ग्राहकको चाप न्यून रहे पनि व्यापारी सामान सजावट र सरसफाइमा व्यस्त देखिन्थे । यातायात सेवामा लागू गरिएको जोर–बिजोर प्रणालीका कारण पनि सडकमा बस कम गुडेको यातायात व्यवसायी बताउँछन् । सर्वसाधारण यात्रुको चाप पनि न्यूून देखिएको छ ।

मयूर यातायातका सञ्चालक मोहन बस्नेतका अनुसार दुुई महिनादेखि थन्किएका गाडी मर्मत र सरसफाइ गर्नुपरेकाले पनि पूर्ण रूपमा सञ्चालनमा अौन नसकेका हुन् । बसहरू सञ्चालनमा आए पनि यात्रुको चाप निकै कम देखिन्छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *