प्रख्यात भारतीय अभिनेता दिलिप कुमारको निधन

Breaking News मनोरञ्जन समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – भारतीय सिने जगतका प्रख्यात अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज निधन भएको छ । उनि करीब एक हप्ता अघि अस्पताल भर्ना भएका थिए टाइम्स अफ इण्डियाले जनाएको छ ।

उनि बुढ्याैली उमेरमा हुने राेगबाट ग्रसित हुनु भए पछि उपचारका लागि मुम्बैकाे एक अस्पतालमा भर्ना हुनुभएकाे थियाे । साेमबार उहाँकाे स्वास्थ्य अबस्थामा केही सुधार भएकाे भन्दै उहाँकी श्रीमती सारा बानुले प्राथनाका लागि सबैलाई आग्रह गरेकि थीइन ।

दिलिप कुमारले सन् १९४४ मा चलचित्र ‘ज्वार भाटा’बाट बलिउडमा पाइला राखेका थिए । उनले अभिनय गरेका ‘जुगनू’ नामक चलचित्र सन् १९४७ मा रिलिज भयो, जसले उनलाई बलिउडमा सफल नायकको परिचय दिलाएको थियो ।यसपछि उनले, ‘शहीद, अन्दाज, दाग, दिदार, मधुमति, देवदास, मुसाफिर, नयाँ दौर, आन, आजाद’ लगायतका कैयौं सुपरहिट चलचित्रमा काम गरेका छन् ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *