बेलायत स्थित नेपाली साहित्य विकास परिषद् युकेका आयोजनामा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइयो

Breaking News अन्तर्राष्ट्रिय समाचार साहित्य
शेयर गर्नु होला

लन्डन – बेलायतस्थित साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेका आयोजनामा शुक्रबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइएको छ ।

नेपाल, भारत र बेलायतका सर्जकको सहभागिता रहेको भर्चुअल समारोहमा परिषद्का पदेन संरक्षक एवं बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाली साहित्यको समृद्धिका लागि परिषद्लाई सहयोग गरिने जानकारी दिनुभयो ।

परिषद् नेपाल शाखाका सल्लाहकार प्रा डा देवीप्रसाद सुवेदीले आदिकवि भानुभक्तले रामायणमार्फत भाषिक एकता गर्नुभएको बताउनुभयो । परिषद्का संस्थापक अध्यक्ष सुरेशजङ्ग शाहले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण तथा सर्जकलाई प्रोत्साहन गर्न परिषद्ले काम गरिरहेको बताउनुभयो ।

परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले भानुभक्तले तत्कालीन समाजमा साहित्यिक जागरण अभियान शुरु गर्नुभएको बताउनुभयो। रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *