कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो छ, जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो – पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई

Breaking News राजनीति विचार/ब्लग समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – निबर्तमान प्रधान्मन्त्री के पी शर्मा ओली सराअर बाट बहीरिए संगै सडकमा उनका समर्थक हरु द्वारा नारा जुलुश संगै प्रदेष सभामा पनी केही बिरोधका कार्यक्रम लाई लक्षित गर्दै पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवादफासीवादसंग मिल्दोजुल्दो छ भन्दै आफ्नो धारण ब्यक्त गरेका छन।

आफ्नो सामाजिक संजाल ट्विटरमा पोष्ट गर्दै पुर्ब प्रधान्मन्त्री बाबुराम भट्टराईले निबर्तमान प्रधान्मन्त्री के पी शर्मा ओलीलाई लक्षित गर्दै खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ! र ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ भनेका छन। साथै उनले आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवादफासीवादसंग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो भनेर आफ्नो ट्विटरमा पोष्ट गरेका छन।

अाफ्नो ट्विटरमा पुर्ब प्रधान्मन्त्री भट्टराई लेख्छन, “खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ!ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ! आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवादफासीवादसंग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो!”


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *