एमाले पार्टी एकताका विषयमा अनौपचारिक छलफल

Breaking News राजनीति
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ  – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आन्तरिक विवाद समाधान गर्ने विषयमा स्थायी कमिटीका केही सदस्यहरुको अनौपचारिक बैठक सिंहदरवारमा भैरहेको छ ।

नेता माधवकुमार नेपाल पक्षका सदस्यहरु शुक्रबारको स्थायी कमिटी र संसदीय दलको बैठकमा अनुपस्थित रहनु भएपछि सो विषयमा छलफल गर्न केही नेताहरुबीच अनौपचरिक छलफल भैरहेको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

विघटित कार्यदलका नेता नेपाल पक्षका सदस्यहरुले पनि पार्टी एकताका लागि थप छलफलको आवश्यकता रहेको बताएका छन्न । एमाले स्थायी कमिटीले शुक्रबार कार्यदललाई विघटन गर्ने निर्णय गरेको थियो ।

सिंहदरवारस्थित एमाले संसदीयदलको कार्यालयमा जारी अनौपचारिक छलफलमा नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरु सहभागी रहहेका छन ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *