बेलायतको स्वास्थ्य संस्थाका कर्मचारी हरुको तलब बृदिलाई लिएर फेरी चर्कियो बिबाद [भिडिओ]

Breaking News अन्तर्राष्ट्रिय समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

सुभास भट्ट, लंडन

लामो समय देखी बिबादको बिषय बनेको बेलायतको स्वास्थ्य संस्था एनएचएस (NHS) का स्वास्थ्य कर्मचारीहरुको तलब बृदिकोको बिबादले चर्को रुप धारण गर्दै सदनमा बहसको बिषय सम्म बन्न पुगेको छ।

केही महिना अघी सरकार द्वारा स्वास्थ्य संस्था NHS का नर्ष, डाक्टरहरु र अन्य स्वास्थ्य कर्मचारी द्वारा माहामारीका दौरान पुर्याएको योगदानलाई मध्यनजर गर्दै तलबमा १% का दरले तलब बृदि गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको बिरोधमा स्वास्थ्य संस्थाका कर्मचारी युनियन द्वारा माहामारीका दौरान स्वास्थ्यक्रमीहरुले पुर्याएको योगदानको उचित मुल्य नगरेको भन्दै सरकार द्वारा बाचा गरेको तलब बृदिलाई अस्विकार गरिएको थियो। साथै स्वास्थ्यक्रमीहरुको ट्रेडयुनियनले आफुहरुको योगदानलाई ध्यानमा राखी सरकारले कम्तीमा पनी १५% सम्म तलब बृदि गरिनु पर्ने माग गर्नुका साथै यदी आफुहरुको माग पुरा नभए कुनै पनी डक्टर र नर्षहरुले आफ्नो करार अबधी बाहेक अतिरिक्त काम नगर्ने भन्दै चेतावनी दियेका थिए।

अधिक जानकारीको लागी यस लिंकमा क्लिक गर्नुहोस

सरकार द्वारा प्रस्ताब गरिएको बृदिको सर्बत्र आलोचना हुन थाले पछी हिजो सरकार द्वारा ईङ्ल्यांडका नर्षहरु, डाक्टरहरु र अन्य स्वास्थ्यक्रमीहरु लाई ३% को तलब बृदि गरिने निर्णय भएको छ। अझै पनी सरकार द्वारा प्रस्ताब गरिएको तलब बृदिको आलोचना र बिरोध भने साम्य भएको छैन।

सोही सन्धर्भमा हिजो बेलायतको तल्लो सदनमा समेत सरकार को उक्त कदमको तिब्र आलोचना भएको थियो। केही सांसदहरुले “माहामारीका दौरान आफ्नो ज्यान र परिवारको पर्बाह नगरी बिरामीको सेवामा अहो रात दिन खटने स्वास्थ्यक्रमीहरुको अपमान भएको” जिकिर गरेका थिए। साथै सरकारले स्वास्थ्यक्रमीहरु द्वारा गरिएको मागलाई बिना कुनै सर्त पुरा गरिनु पर्ने माग समेत राखेका थिए।

Video Source: Channel 4 News Facebook Page


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *