कोरोनाले थला पारेको देश फ्रान्शमा चौथो लहर आकासिदै [भिडिओ]

Breaking News अन्तर्राष्ट्रिय समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – प्रधानमन्त्री जिन कास्टेक्सले फ्रान्सले कोभिड–१९ को चौथो लहरको सङ्क्रमणको सामना गरिरहेको बताउनुभएको छ । सञ्चारमाध्यम टीएफवान न्यूजसँगको कुराकानीमा उहाँले हामी कोभिड–१९ सङ्क्रमणको चौथो लहरको सामना गरिरहेको बताउनुभएको हो ।

तीब्र सङ्क्रामक कोरोनाभाइरसको डेल्टा स्वरुपको सङ्क्रमितको संख्या अत्याधिक पुष्टि भएको उहाँले बताउनुभयो । हामीले यसै समयमा प्रतिकार्यको उत्तम विकल्प अपनाउनुपर्ने उहाँले जोड दिनुभयो ।

अधिक जानकारीको लागी यस लिंकमा क्लिक गर्नुहोस

मंगलबार चौबीस घण्टामा फ्रान्समा १८ हजार १८१ जना सङ्क्रमितको पुष्टि भएको छ । जुन गत् साताको अपेक्षा १४० प्रतिशतले बढी हो । यूरो न्यूजले गएको साता सङ्क्रमित पुष्टि भएकामध्ये ९६ प्रतिशत खोप नलगाएका सङ्क्रमित रहेका उल्लेख गरेको छ।

Video Source : FRANCE 24 English


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *