३७ नेपालीको शव नेपाल एयरलायन्स मार्फत नेपाल ल्याएका क्याप्टेन विजय लामाको प्रश्न , “धनी र ठुला बडाहरुलाइ मात्र हो त यो देश कि सबैलाई हो?”

Breaking News विचार/ब्लग समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ – आज फेरी मलेशियाबाट ल्याईेको नेपाली नागरिकहरुको शबको फोटो सामाजिक संजालमा ब्यापक शेयर भए संगै सबै नेपालीहरुको मन र मुटुमा तरंग उब्जिएको छ। गएको केही दिन यता मात्र ३७ नेपालीको शव नेपाल एयरलायन्स मार्फत नेपाल ल्याएका क्याप्टेन विजय लामाले निकै भाबुक हुदै सन्देश लेख्दै आफ्ना बिचारहरु पोखेका छन ।

नेपाल एयरलायन्सका क्याप्टेन विजय लामाले आफ्नो मनमा धेरै दुख लाग्दा लाग्दै पनि शबहरु ल्याउन बाध्य रहेको बताएका छन। साथै उनले धनी र ठुला बडाहरुलाइ मात्र हो त यो देश कि सबैलाई हो ? भनी प्रश्न समेत गरेका छन।

आफ्नो सामाजिक संजाल फेसबुकमा क्याप्टेन लामा लेख्दछन,

“17th Julyमा १२ वटा शवहरु
21th July मा एउटा शव
24th Julyमा २४ वटा शवहरु साथै ३ वटा अस्तिअहरु
एक हप्ता भित्र😞😞😞 मलेसिया बाट ३७ वटा शवहरु, तिनवटा अस्ति र अझै अर्को १८ वटा ल्याउनुनै छ बाकी!!!
मनमा धेरै दुख लाग्दा लाग्दै पनि बाध्य छौ ल्याउनलाइ। देशको स्थितिनै यस्तै छ! धनी र ठुला बडाहरुलाइ मात्र हो त यो देश कि सबैलाई हो?
मलेशियाको क्वालालम्पुरबाट वैदेशिक रोजगारीमा गएर फर्कन लागेका यात्रुसगै, आज मेरो उडान फ्लाइट नम्बर आर ए ४१६मा, रोजगारीको क्रममा COVID-19 बाहेकको अरु विभिन्न कारणले ज्यान गुमाएका नेपाली दाजुभाइको २४ वटा शव तथा ३ वटा अस्तु पनि ल्याएका थियौ हामिले। अझै अर्को उडानमा पनि १८ वटा शव ल्याउनु बाकी छ रे!!!
विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदिबहिनीको शव ल्याउदा जस्तो दुख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न।
तथ्यांकमा मात्र सिमित हुने त होला देशको सरकारको निमित्त तर मृत व्यक्ति तथा उनका आश्रित परिवारको भने सर्वस्व गुमेको छ!
अब पनि पुगेन देशलाइ बरबाद पार्दै नेपाली जनतालाइ बिदेश जान बाध्य बनाउने गरि एक आपसमा झगडा गर्न??? यति देखे पछि त केही गर्नु नि देश र जनताको लागि!!! आफ्नो अनि पार्टीको स्वार्थ भन्दा माथी उठ्न सकिन्न र??
हार्दिक श्रद्धाञ्जली।”


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *