धुर्मुस सुंतलीको नया चलचित्र “मत मर्छु की क्या हो” को ट्रेलर सार्बजनिक

Breaking News मनोरञ्जन समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमांडौ – सुबिहानि फिल्मको प्रस्तुती र धुर्मुस-सुंतली प्रोडक्सनको पहिलो नेपाली चलचित्र “मत मर्छु कि क्या हो” को आधिकारिक ट्रेलर आज मात्र सार्बजनिक गरिएको छ।

युटुबमा धुर्मुस-सुंतलीको आधिकारिक च्यानल बाट धुर्मुस सुंतलीले आफ्नो नया चलचित्रको ट्रेलर सार्बजनिक गरेका छन।

सामाजिक संदेश प्रबाह गर्दै कमेडी बिधामा तयार पारिएको चलचित्र “मत मर्छु की क्या हो” धुर्मुस सुंतली प्रोडक्सनको पहिलो चलचित्रको रुपमा लिन सकिन्छ।

लामो समय देखी निर्माणमा गरेको चलचित्रमा सिता राम कट्टेल (धुर्मुस) र कुंजना घिमिरे(सुंतली) मुख्य भुमिकामा रहेका छन। साथै चलचित्रमा प्रख्यात कलाकारहरु रबी गिरी, बुद्धी तामांग, बिजय बराल र पल्पाशा डंगोल जस्ता कलाकार हरुले समेत अभ्बिनय गरेका छन।

चलचित्रको निर्देशन धुर्मुस-सुंतली आफैले गरेका छन भने संगित राजेन्द्र बजगाईको रहेको छ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *