सबै तस्बिर हरु: डा माहाबीर पुनको फेसबुक बाट
काठमांडौ – हिजो राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ परिक्षण सफल भएको जानकारी राष्ट्रिय आविष्कार केन्द्रका अध्क्षय माहाबीर पुनले आफ्नो सामाजिक संजाल मार्फत जानकारी गराएका छन र साथै उक्त रकेटको सफल परिक्षण पछी उक्त रकेटलाई पटेका पड्काएको नभन्नु होला भनेर भन्नु भएको छ।
बिभिन्न इन्जिनियरिङ संस्थानका विद्यार्थीहरु द्वारा राष्ट्रिय आविष्कार केन्द्रमार्फत् बनायीएको रकेटको हिजो पाचौ पटक सफल परिक्षण भएको थियो। ‘क्वान्टम’ नाम दिइएको सो रकेट थानकोटस्थित नेपाली सेनाको फायरिङ स्टेसनमा परीक्षण गरिएको हो। रकेट २।१ किलोमिटर माथिसम्म पुगेको थियो। सुपरसोनिक यो रकेट प्रक्षेपणको क्रममा ८७८ मिटर प्रतिसेकेन्डको गतिमा उडेको थियो। ६।१ फिट लम्बाइ रहेको रकेटको तौल ९ किलो छ। रकेटमा पोटासियम नाइट्रेट र टेबल सुगर सोलिड इन्धनको रुपमा प्रयोग गरिएको छ।
‘क्वान्टम’ रकेटको सफल परिक्षण पस्चात राष्ट्रिय आविष्कार केन्द्रका अध्क्षय माहाबीर पुनले फेसबुकमा पोष्त गर्दै पटेका पड्काएको नभन्नु होला भनेर लेख्नु भएको छ। साथै वहाले तिहारमा पड्काउने पटेका भन्दा त राष्ट्रिय आविष्कार केन्द्रमा बनेको उक्त रकेट धेरै राम्रो रहेको जिकिर गरेका छन। डा माहाबिर पुन भन्नु हुन्छ “अमेरिकाले उडाउने जस्तो रकेट बनाउन त धेरै पैसा, समय र मिहिनेत लाग्छ। त्यस्तो रकेट बनाउन पनि पक्कै कोसिस गर्ने हो।“
Video Source : Achut Puri