पुस-माघसम्म तीन करोड २३ लाख खोप आइसक्छ – स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी पुस–माघसम्म तीन करोड २३ लाख कोरोना डोज खोप आइसक्ने  बताएका छन।

सोमबार मन्त्रालयले आयोजना गरेको भर्चुअल प्रेस मिटमा राज्यमन्त्री श्रेष्ठले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै खोप खरिद तथा आयातबारे जानकारी दिएका छन । ‘चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र बताएका आइसक्ने र भुटानले दिएको तीन लाख डोज खोप पनि छिट्टै आइपुग्नेछ,’ उनले भर्चुअल प्रेस मिटमा भने, ‘चीनको सिनोमार्फ कम्पनीसँथ ६० लाख खोप खरिदका लागि सम्झौता भैसकेको छ ।’

राज्यमन्त्री श्रेष्ठका अनुसार अघिल्लो सरकारले नै यसको प्रक्रिया अघि बढाएको र आफू आएपछि सम्झौतामा हस्ताक्षर भएको छ । साथै उनले सरकारी सेवा सुविधा नलिने घोषणासमेत गरेका छन । उनले पारिश्रमिक आवासलगायत सुविधा नलिने बताएका हुन । तर, सुरक्षाकर्मी भने लिने उनको भनाइ छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *