एन्फाभित्र पदाधिकारी र प्रशिक्षकबीचको विवाद छताछुल्ल हुँदा प्रवक्ता राई द्वारा राजिनामा

Breaking News खेलकुद समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का प्रवक्ता किरण राईले पदबाट राजिनामा दिनुभएको छ । एन्फाभित्र पदाधिकारी र प्रशिक्षकबीचको विवाद छताछुल्ल हुँदा प्रवक्ता राईले राजिनामा दिन पुग्नुभएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज अध्यक्ष कर्मा छिरिङ्ग शेर्पालाई उहाँले राजिनामा बुझाउनुभएको हो । राईले आफ्नो राजिनामा सम्बन्धमा प्रष्ट्याउन अपरान्ह तीन बजे पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा राजिनामा बुझाउँदै गरेको तस्विर सार्वजनिक गर्नुभएको छ ।

२०७५ साल वैशाख २४ गते उहाँलाई एन्फाले प्रवक्ताको जिम्मेवारी दिएको थियो । उहाँ एन्फाको केन्द्रीय सदस्य भने रहिरहनुहुनेछ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *