कोरोना – देशभर थपिए ३,१२५ संक्रमित, २३ जनाको मृत्यु

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं –  पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी ३ हजार १२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ९२५ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ८९८ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ७७० जना काठमाडौंका उपत्यकाका हुन् । जसमा काठमाडौंका ५५६, ललितपुरका ११५ र भक्तपुरका ९९ जना संक्रमित छन् । मन्त्रालयका अनुसार कास्कीमा १७४, मकवानपुरमा १३६, मोरङमा १३५, बागलुङमा १३२, र सुनसरीमा ११६ जना संक्रमित थपिएका छन् ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *