आज सोमबार सम्म नेपालमा कुन-कुन प्रदेशमा कतीले कोभिड १९ बिरुद्धको खोप लगाए?

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमांडौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जान्कारी अनुशार आज सोमबार साउन १८ गते सम्म देश भरी कोभिसिल्ड खोपको पहिलो मात्रा १८ लाख २८ हजार ४८४ ले लगाएका छन् भने ४ लाख ६० हजार ३०८ जनाले दोस्रो मात्राका खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अझै १३ लाख ६८ हजार १७६ जनाले कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

त्यस्तै भेरोसेल खोप पहिलो मात्रा २३ लाख ३४ हजार ७६७ जनाले लगाएका छन् भने दोस्रो मात्रा ७ लाख २८ हजार १५० जनाले लगाएका छन। त्यस्तै जसमध्ये १५ लाख १० हजार ३७९ जनाले दोस्रो डोज खोप लगाएका छैन ।

साथै एक मात्रा मात्र लगाए पुग्ने जोनसन-जोनसन खोपको कुरा गर्दा हाल सम्म ८ लाख ११ हजार ७५३ जनाले लगाएका छन्।

हालसम्म भारत सरकारको अनुदानबाट प्राप्त दश लाख र नेपाली सेनालाई प्राप्त एक लाख, भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख, गाभी कोभ्साक्सबाट प्राप्त तीन लाख ४८ हजार डोज गरी कुल २४ लाख ४८ हजार कोभिशिल्ड खोप प्राप्त भएको छ ।

यसैगरी चीनबाट दुई पटक अनुदानमा प्राप्त १८ लाख डोज तथा नेपाल सरकारबाट चीनको साइनोफार्म कम्पनीसँग गरिएको खोप खरिदको सम्झौता अनुसार असार २४ गते, साउन ७, ८, १० र १५ गते प्राप्त ४० लाख डोज गरि कुल ५८ लाख डोज भेरोसेल खोप आपूर्ति भइसकेको स्वास्थ्य मन्त्रनालयले जनाएको छ । त्यस्तै अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ५८० डोजसहित हालसम्म जम्मा ९७ लाख ८२ हजार ५८० डोज खोप प्राप्त भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिद सम्झौता अगाडि बढेको छ । साथै जापान सरकारले अनुदानमा उपलब्ध गराउने कोभ्याक्स अन्तर्गतको १६ लाख डोज र भारतबाट खरिदको बाँकी १० लाख डोज प्राप्त हुँदा असोज मसान्तभित्र कुल एक करोड ८३ लाख ८५० डोज प्राप्त हुने आंकलन स्वास्थ्य मन्त्रालयले गरेको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *