कर्णाली प्रदेशका चार सांसदलाई कारवाही नगर्न यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालत द्वारा खारेज, चारै सांसद पदमुक्त

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – सर्वोच्च अदालतले फ्लोर क्रस गर्नुभएका कर्णाली प्रदेशका चार सांसदलाई कारवाही नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले सो आदेश गरेको हो । यो आदेशसँगै एमालेका चार सांसद पदमुक्त हुनुभएको छ । सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई फ्लोर क्रस गरेको भन्दै एमेलेले कारवाही गरेको थियो ।

सो कारवाहीविरुद्ध चार सांसदले दिएको रिटमा यस अघि कारवाही नर्गन अन्तरिम आदेश भएको थियो । सो आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट निवेदन दिनुभएको थियो ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *