ओली र नेपालबीच आज भेट हुदै

समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – नेकपा एमालेका स्थायी समिती सदस्य सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचमा भेट हुने बताएका छन ।

आज पार्टी अध्यक्ष र नेपालबीच भेट हुन्छ तर, समय भने टुंगो लागिसकेको छैन, नेम्वाङले बताएका छनन् । तर, उता नेपाल पक्षका नेताहरुले भने भेटबारे अझै टुंगो नलागेको बताए । नेपाल पक्षका नेता रघुजी पन्तले हिजो सोमबार पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचमा भेट हुने भन्ने कुरा भएको हो तर, आजको भने थाहा भएको छैन, पन्तले बताए ।

यसैगरी, नेपाल पक्षमा नै रहँदै आएका अर्का नेता सुरेन्द्र पाण्डेले पनि एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचमा भेट हुने भन्ने कुरा सामान्यरुपमा बाहिर आएको छ तर समयको टुंगो लागेको छैन, उनले बताएका छन ।

पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद वार कि पार लगाउन निर्देशन दिएका थिए । एमाले वरिष्ठ नेता नेपालले पनि पछिल्लो समय सरकारमा सहभागी हुनेभन्दा पनि पार्टी एकतालाई नै जोड दिएका छन जनाइेको छ । पार्टी अध्यक्ष ओलीसँगको भेट अघि नेता नेपालले संस्थापन पक्षका सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलसँग भेट गरिसकेका छन ।यही अवस्थामा पार्टी अध्यक्ष ओली र नेता नेपालबीचमा आज भेट हुने निश्चित भएको हो ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *